चीनबाट खोप ल्याउन आजबाट लगातार तीन दिन विमान पठाइँदै


६ श्रावण २०७८, बुधबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, ६ साउन । नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ ।

लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र शनिबार खोप लिन चीन जाने छ ।

विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलो पटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ । निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७