नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका सय जना अपहरणमुक्त


६ श्रावण २०७८, बुधबार
1625536261 116154401 freed nigerian scho

काठमाडौं, ६ साउन । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका महिला र बालबालिका गरी सय जनालाई सरकारले अपहरणमुक्त गरेको छ ।

गत जुन ८ मा नाइजेरियाको जामफरा प्रान्तबाट अपहरणमा परेका सय जनालाई अपहरणमुक्त गरेको नाइजेरियाली सरकारले जनाएको छ । अपहरणमुक्त हुनेमा स्वास्थ्यकर्मी महिला र शिशुहरु रहेका छन् ।

अपहरणमुक्त गर्ने क्रममा बिद्रोहीसंगको झडपमा चार जनाको मृत्यु भएको छ । जामफारा प्रान्तका गभर्नरका अनुसार उनीहरुलाई बिना शर्त अपहरणमुक्त गरिएको हो ।

यसअघि बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ जना स्वास्थ्यकर्मी र कर्मचारीको अपहरण गरेको थियो भने विभिन्न बिद्यालयबाट सन् २०२० मा मात्रै एक हजार भन्दा बढी बिद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरु अपहरणमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७