८१ किलो गाँजासहित नेगी पक्राउ

हेटौंडा, ६ साउन । मकवानपुर प्रहरीले ठूलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहानको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलिले मनहरी गाउँपालिका–८ सिमपानीमा रोकेर राखेको ना ८ ख ८२८४ नम्बरको ट्रकमा ८१ किलो ३५० गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक जयश्वर रिमालले बताए ।


प्रहरीले गाँजासहित ट्रक चालक मकवानपुरको राक्सिराङका ४२ वर्षका बाबुराम नेगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।