मनाङमा बाढीले झोलुङ्गे पुल बगायो, आवत–जावत रोकियो


६ श्रावण २०७८, बुधबार
manang flood cjQs30VKCI

मनाङ, ६ साउन । मनाङको चामे बजारमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको छ । गए रातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको मनाङस्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिएका छन् ।

झोलुङ्गे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुङ्गे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुङ्गे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिए ।

नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ । गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्‍याएको थियो । बाढीले सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा हुने बित्तिकै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७