पाँच किलो चाँदीका गरगहनासहित एक जना पक्राउ


६ श्रावण २०७८, बुधबार
arrest zltHERMgsO

वीरगञ्ज, ६ साउन । प्रहरीले पर्साको वीरगञ्जबाट पाँच किलो तीन सय ३४ ग्राम चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका–१६ बाट सप्तरीको राजविराजका ४३ वर्षका अंगत साहलाई पक्राउ गरेको हो । साहले चितवनको खैरहनीमा ज्वेलर्स सञ्चालन गर्दै आएका समेत अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ओमप्रकाश खनालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७