खेल्ने क्रममा विवाद हुँदा १४ वर्षका दाइले गरे १३ वर्षीय भाइको हत्या


६ श्रावण २०७८, बुधबार
death

सल्यान, ६ साउन । खेल्ने क्रममा भएको विवादका कारण सल्यानमा एक १४ वर्षीय बालकले आफ्नै भाइको हत्या गरेका छन् ।
मंगलवार राति घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका–५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने सियोले बायाँ कानमुनी प्रहार गरेका थिए ।

घाइते सन्दिपको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिएका छन् ।

सन्दिपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सन्दिप र सियो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । दुई दाजु भाइका छोराबीच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७