काठमाडौंमा पाँच ‘रेडबुल स्टोर’ मा छापा, चार जना पक्राउ


६ श्रावण २०७८, बुधबार
pakrau

काठमाडौं, ६ साउन । प्रहरीले काठमाडौं उपत्यकाका पाँच स्थानका ‘रेडबुल स्टोर’ मा छापा हानी चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले प्रतिबन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

redbull 4 jana1 PPIrr454nS

महाशाखाले प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरीलाई पक्राउ गरेको हो । उनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’ अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन । तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ ।

redbull 4 jana2 IZ0TsugryC

प्रहरीका अनुसार महाशाखाबाट खटिएको विशेष टोलीले उक्त चार जनालाई गत ५ गते न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन गोठाटारबाट रेडबुल बिक्री वितरण गर्दागर्दै पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७