सरकारले खोपसँगै फेरि राहत प्याकेज ल्याउँछ : अर्थमन्त्री


६ श्रावण २०७८, बुधबार
janardan sharma 1

काठमाडौं, ६ साउन । सरकारले खोपसँगै कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने जानकारी गराएका छन् ।

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।

उनले यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नु पर्ने आवश्यकता रहेको औंल्याएका छन् । मन्त्री शर्माले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे ।

सिएनआइले घोषणा गरेको मेक इन नेपालको खुलेर प्रशंशा गरे । रोजगार बृद्धि तथा अर्थतन्त्र सुदृढका लागि मेक इन नेपाल उपयोगी सावित हुने उनले बताए । कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७