माधव नेपाल पक्षले भन्यो–स्पष्टीकरणले एकतामा भाँजो हाल्यो

ओली समूहको गतिविधिप्रति खेद व्यक्त


६ श्रावण २०७८, बुधबार
madhav kumar nepal 1

काठमाडौं, ६ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ । ओली पक्षले अहिले जारी राखेका गतिविधिले र स्पष्टीकरणले एकता प्रक्रियामा भाँजो हाल्ने निष्कर्ष बैठकले निकालेको छ ।

माधव नेपाल पक्षको बैठक जारी रहँदा ओलीले सोधेको स्पष्टीकरणपत्र पुर्‍याइएको थियो । नेपाल पक्षको बैठकले भने पार्टी एकता कायम राख्न सबै जना जिम्मेवार हुनुपर्ने निर्णय गरेको थियो ।

अध्यक्ष ओली पक्षबाट स्पष्टीकरण सोधिएको र ओली निकटबाट नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको अवस्थामा आज (बुधबार) बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले खेद प्रस्ताव पारित गरेको हो । नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता अघि बढाउन ओलीको ध्यानाकर्षण गराएको छ ।

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भइसकेको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने, पुतला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप स्वविवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित पार्ने र उनीहरुविरुद्ध नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्छ’, नेपाल समूहले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यस्तो गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरतापूर्वक अघि बढाउन यो बैठक अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७