भीम रावललाई भेट्न निवासमै पुगे माधव नेपाल


६ श्रावण २०७८, बुधबार
madhav nepal bhim rawal

काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न उनको निजी निवास टोखा पुगेका छन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा नआएपछि नेताहरूले भेट्न दिएको सुझाव अनुसार नेता नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद पदबाट राजीनामा दिएका थिए । पार्टी एकताको १० बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपालतर्फका संयोजक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७