पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र


६ श्रावण २०७८, बुधबार
1563014828.sadak pahiro
फाइल फोटो

कालिकोट, ६ साउन । मंगलबार राति परेको अबिरल वर्षाका कारण कालिकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर बिकले बताए ।

‘अबिरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ’, उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’ पहिरोका कारण यात्रुहरू अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरू बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर विष्टले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने काम भइरहेको छ’, उनले भने, ‘आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।’

त्यस्तै, अबिरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत बिकले बताए । ‘उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ’, उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७