प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेशकुमार सिंहको घोषणा (पत्रसहित)


६ श्रावण २०७८, बुधबार
amaresh singh nepali congress S7AwdhkYKB

काठमाडौं, ६ साउन । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । भदौमा हुन लागेको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणमा भएको अनियमितता सुधार्न नेतृत्वले चासो नदिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

उनले आजै आफूले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् । ‘पार्टी दलाल, दारुभट्टी चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’

उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ । सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

k 1
k1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७