महाकालीमा अझै तुइनकै भर


६ श्रावण २०७८, बुधबार
tuin darchula KuapBPukUQ
x6]g t’Og tg]{ afWotf bfr'{nf, ^ ;fpgM bfr'{nfsf] pQ/L If]qsf dlxnf aRrf;lxt dxfsfnL gbLdflysf] t’Og tb}{ . ;/sf/n] lj;+ )&$ c;f]hleq} b]ze/sf t’Og lj:yfkg ug]{ eg] klg dxfsfnL gbLdfly nufOPsf t’Og cem} lj:yfkg ePsf] 5}g . tl:a/M g/]Gb|l;x sfsL{÷/f;;

दार्चुला, ६ साउन । दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा रसी (ताङ्लो) कै भर पर्नु परेको छ । वर्षौंदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ ।
यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जान समेत तुइनको मात्रै भर छ । पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनै पर्ने बाध्यता छ ।

‘तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्’, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, ‘तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई ।’ उनका अनुसार डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो । कैयौं महाकालीमा बेपत्ता पनि भएका छन् । फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कैयौंले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन् ।

यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ । आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो । व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर जब कोरोना कहर शुरु भयो, भारतले काठेपुल भत्काइ दियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ ।

‘पटक पटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौँ भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन’, स्थानीयवासी कल्यानसिंह धामीले भने । उनले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताए ।

‘मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो’, उनले भने । उनले बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन । चामल त्यही भारत गएर ल्याउने हो भने ।दुम्लिङका बुढाथोकीले भने, ‘नेपालतिरबाट खच्चड आउने बाटो समेत भत्किसक्यो । व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ । गाउँमा चामल पाउँदैन । तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ ।’

उनका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन् । उनीहरुको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ । अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको छ । अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो।

चार वटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ। ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन ।

यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो । ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताए । मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेशन खनियो तर त्योभन्दा अघि काम बढेको देखिएन ।

‘नेपालकै बाटो भएर जान पनि गाउँसम्म सडक पुगेको छैन’, उनले भने, ‘निषेधाज्ञा होस् जे भए पनि त्यही भारतीय बाटो भएर हिँड्नु पर्छ । नेपालतिर हिँडेरै जान एक दिनमा मुस्किलले गाउँ पुगिन्छ ।’ नदी तरेर जाने हो भने एक घण्टामै सदरमुकाम खलङ्गा पुगिने भएपछि सबैको सहारा त्यही तुइन बनेको उनको भनाइ छ ।

अहिले बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनियर अजय यादवले भने, ‘निषेधाज्ञाका कारण निर्माणमा केही ढिलाइ भएको छ । समयमै समान पाउन नसक्दा निर्माण केही ढिला भएको हो ।’ माल र बर्तिघाटमा भने पुल निर्माणमा ढिलाइ भएको छ । निर्माणमा चाहिने लट्ठा, ग्रिपलगायत सामग्री सस्पेन्शन ब्रिजले नै उपलब्ध गराउनु पर्ने हुन्छ । निर्माण व्यवसायी धनबहादुर कुँवरले ब्रिज डिभिजनले नै निर्माण सामग्री उपलब्ध गराउन नसक्दा निर्माण कार्य रोकिएको बताए ।

उनले भने, ‘हामीले ०७६ मङ्सिर ६ र पछिल्लो समय ०७८ वैशाख १५ गते समान उपलब्ध गराउन आयोजना प्रमुखलाई निवेदन दिएका छौं । तर अहिलेसम्म सामान नै नदिँदा तीन–चार महिनामा सकिने काम अघि बढेको छैन ।’

व्यवसायी कुँवरका अनुसार नेपाल भारत दुवैतर्फ पुल निर्माणका लागि चाहिने सामग्री जम्मा गरेको हराउन थालिसकेको छ । फाउन्डेशन पनि पुरिनथालेको छ । तर अझै समान नआउँदा काम गर्न समस्या भएको छ । बाकु र बडुगाउँमा भने असोजभित्रै निर्माण सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी दीपक साउँदको भनाइ छ । कोरोनाका कारण समयमै सामान नआउँदा केही काम रोकिएको उहाँले बताए ।

‘धेरैजसो काम सकिएर आवतजावत गर्न मिल्ने भएको छ’, उनले भने, ‘पूरै पुल हस्तान्तरण गर्ने गरी असोजभित्र सकिन्छ ।’ यसअघि दार्चुलाकै व्यास गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७