अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो


७ श्रावण २०७८, बिहीबार
fire TzwwjXu4D5

काठमाडौं, ७ साउन । अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौं हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित १६० वटा भौतिक संरचना नष्ट भएका छन् ।

अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण त्यहाँका हजारौं नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

गएको ६ तारिखदेखि लागेको आगो थप फैलिदै गइरहेको खबरमा उल्लेख गरिएको छ । तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ । डढेलो नियन्त्रणका लागि दिन रात खटिएको अग्नि नियन्त्रकले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७