टोकियो ओलम्पिक : महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको शानदार शुरुवात


७ श्रावण २०७८, बिहीबार
1614494076 olympicslogo 1200x560 1

काठमाडौं, ७ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार शुरुवात गरेका छन् ।
गए राति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गरेको छ । यस्तै नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो ।

नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् भने लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले एक एक गोल गरे ।

यस्तै गएरातिकै खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोल अन्तरले पराजित गर्दा बेलायतले चिलीलाई २–० गोल अन्तरले हराएको छ । यस्तै, अस्ट्रेलियासँग न्यूजिल्याण्ड २ –१ गोल अन्तरले पराजित भएको छ भने जापान र क्यानडाले १–१ गोल गर्दै बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७