म किसान श्रेष्ठसँग सति जान सक्दिनँ : महेश बस्नेत


७ श्रावण २०७८, बिहीबार
mahesh kishan shrestha

काठमाडौं, ७ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले केपी ओलीको खेमा छोडेर माधव नेपालतिर लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बताएका छन् ।

केही मिडियाले किसान श्रेष्ठले ओली खेमा छाडेकाले अब महेश बस्नेतले पनि त्यो खेमा छाड्न लागेको भनेर समाचार सम्प्रेषण गरेकोप्रति संकेत गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

३ साउनमा शेरबहादुर देउवाले संसदमा विश्वासका मत लिँदा ओली खेमाका सांसद श्रेष्ठसँगै ८ जनाले फ्लोर क्रस गरेर देउवालाई मत दिएका थिए । श्रेष्ठका घनिष्ट मित्र बस्नेतले भने श्रेष्ठले खेमा परिवर्तन गर्दैमा आफू त्यता नलाग्ने बताएका हुन् ।

‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिककालको श्रीमान–श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन’, उनले ट्वीटरमा लेखेका छन्, ‘केही मिडिया किन रमाएका हुन् ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७