एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नेपाल पक्षले बुझाउँला स्पष्टीकरण ?


७ श्रावण २०७८, बिहीबार
cpn uml 10th central commitee meeting 20210721015942

काठमाडौं, ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ ।

यसअघि बुधबारको बैठकले चार वटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो । सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनता माझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निरास नहुन सम्पूर्ण कार्यकर्ता तथा शुभ चिन्तकलाई आग्रह गरेको छ । त्यस्तै आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने बैठकले निष्कर्ष निकालेको थियो ।

यता हिजै नेकपा एमालेको वैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ । के, कति कारणले देउवालाई विश्वासको मत दिनु पर्ने वाध्यता परेको भनि पत्रमा प्रश्न सोधिएको छ । यसरी सोधिएका सांसदहरुमा ओली पक्षकै आठ सांसदहरु पनि रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७