‘जनार्दन शर्मा निकै मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ’ {भिडियो}


७ श्रावण २०७८, बिहीबार
sherbahadur deuwa

काठमाण्डौ, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा मेहनती भएको टिप्पणी गर्दै अर्थ मन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएको हो ।

उनले भने, ‘हाम्रो अर्थ मन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कोभिडको समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरूलाई अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ, यसलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईँहरूले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’

उनले कोरोना महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेको बताए । उनले मुलुकमा बिकास लगाएत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे
प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरे ।

उनले सवै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहराP । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजि क्षेत्रलाई आह्वान पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७