चितवनमा सडक छेउमै शव फेला, नजिकै भेटियो गोलीको खोका


७ श्रावण २०७८, बिहीबार
sab chitawan uyi5AYCf18

चितवन, ७ साउन । चितवनको भरतपुरस्थित सिमलडाँडामा एक पुरुष मृत फेला परेका छन् । बस्तीबाट करिब ३ सय मिटर पर आज बिहान ७ बजेतिर ३० वर्ष जतिका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

GunShot

पैदल यात्रुले कालोपत्रे सडक छेउको घोलमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अनुसन्धान टोली पठाएर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Gunshot murder Chitwan

शवको पहिचान भइसकेको छैन । अनुसन्धानरत प्रहरीका अनुासर ती पुरुषको टाउकोमा गोली लागेको जस्तो देखिएको छ भने घटनास्थलमा एक थान गोलीको खोका भेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७