मनाङमा निरन्तर बाढी : सडक र पुल बगायो, चामेमा विद्यालय जोगाउन पर्‍यो मुस्किल


७ श्रावण २०७८, बिहीबार
manang 2 Vsbdz7C1DP

काठमाडौं, ७ साउन । मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टप्रद बनेको छ । बाढीले सडक र पुल समेत बगाएपछि आवतजावतमा समस्या परेको छ । बाढीका कारण मनाङमा ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ ।

manang flood1 QGDUDFv4Sb

गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा क्षति गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने झण्डै डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको छ । बाढीले सडक बनाएपछि एक गाउँबाट अर्को गाउँ आउजाउमा समस्या भएको स्थानीयले जानकारी दिएका छन् । बाढीले मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि पनि खतरामा परेको छ ।

वि.स. २०४० सालमा स्थापना भएको आवासीय विद्यालय बाढीको जोखिममा परेपछि विद्यालयका सामग्रीहरु सुरक्षित ठाउँमा सारिएको छ । विद्यालय जोगाउनका लागि त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानियबासिन्दा तटबन्ध निर्माणमा जुटेका छन् । मर्स्याङ्दी नदीको बहावलाई फर्काउन तटबन्ध निर्माण थालिएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७