कतार एयरवेज यो वर्षको सर्वोत्कृष्ट घोषित, यस्तो छ उत्कृष्ट १९ एअरवेजको सूची


७ श्रावण २०७८, बिहीबार
qatarairwaysssssssssssss MVsQv2QnHT

काठमाडौं, ७ साउन । कतार एयरवेज यो वर्षको सर्वोत्कृष्ट एयरवेज घोषित भएको छ । एयरलाइनरेटिंग्स डटकमले सार्वजनिक गरेको उत्कृष्ट एयरवेजको सूचीमा कतारको कतार एयरवेज शीर्ष स्थानमा आउन सफल भएको हो ।

कोरोना प्रकोपका बेला पनि उडान सञ्चालन जारी राख्न देखाएको सक्रियता, प्रतिवद्धता साथै सुरक्षा र यात्रुलाई दिइएको सुविधाको आधारमा सूची तयार गरिएको हो । कतार एयरवेजलाई अन्य तीन अवार्ड पनि प्रदान गरिने भएको छ ।

यो एयरवेजको बिजनेस क्लास उत्कृष्ट भएको, यसको क्याटेरिङ सेवा राम्रो भएको र यो मध्य पूर्वी क्षेत्रको पनि उत्कृष्ट एयरवेज भएको बताइएको छ ।
उत्कृष्ट एयरवेजको सूची

१. कतार एअरवेज

२. एअर न्युजिल्यान्ड

३. सिंगापुर एअरलाइन्स

४. कान्टस, इमाइरेट्स

५. क्याथे प्यासिफिक

६. भर्जिन एटलान्टिक

७. युनाइटेड एयरलाइन्स

८. इभा एयर

९. ब्रिटिस एयरवेज

१०. लुफाथांसा

११. एएनए

१२. फिननायर

१३. जापान एयरलाइन्स

१४. केएलएम

१५. हवाएन एयरलाइन्स

१६. अलस्का एयरलाइन्स

१७. भर्जिन अस्ट्रेलिया

१८. डेल्टा एयरलाइन्स

१९. इतिहाद एयरवेज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७