भारतमा फेरि बढे कोरोना संक्रमित


७ श्रावण २०७८, बिहीबार
korona india 4

नयाँदिल्ली, ७ साउन । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोना भाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् ।

अघिल्ला केही दिनको तुलनामा यो संख्या धेरै भएकाले भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा फेरि बृद्धि भएको हो । सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको संख्या पनि थपिएका सङ्क्रमितहरुको संख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको संख्या समेत बढ्दै गइरहेको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल संख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो संख्या कुल सङ्क्रमितहरुको संख्याको १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या चार लाख १८ हजार ९८७ रहेको छ । तीमध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो । –एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७