मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य छैन : नेत्र बिक्रम चन्द (विप्लव) {भिडियाे}


७ श्रावण २०७८, बिहीबार
netrabukram chand

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै बिप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेको हो । उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे ।

नेपालको राजनीतिमा बिकृति र दलालीकरण भएको आरोप लगाउदै बिप्लवले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गर्नुभयो । पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा बिदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उनले बताए उनले कम्युनिष्टले भन्दै आएको पूजिँवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए ।

बिप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७