चितवनमा धादिङका भरत गुरुङको हत्या, गोली लागेको आशंका


७ श्रावण २०७८, बिहीबार
sab chitawan uyi5AYCf18

चितवन, ७ साउन । चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी अन्दाजी २७ वर्षीय भरत गुरुङ हुन् ।

बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ । ‘नजिकै गोलीको खोका भेटिएकाले त्यहीबाट मृत्यु भएको हुनसक्ने आशंका छ,’ कार्कीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ गुरुङ आफन्तकहाँ जाँदा घटना भएको प्रहरीको भनाइ छ । हालसम्म घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७