भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग्दै यातायात व्यवसायी आन्दोलित {भिडियाे}


७ श्रावण २०७८, बिहीबार
public bus

काठमाडौं, ८ साउन । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगायतका सात बुदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारीसाधनसहित र्याली निकालेका छन् । चपत्यकाको चक्रपथमा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सवै प्रकारका सार्वजनिक यातायातको र्यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरुले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए । भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सि व्यवसायीहरुले न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोधको कार्यक्रमबाट पनि आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७