कांग्रेस सांसदको कटाक्ष : ओलीलाई सपथ खुवाउँदा मस्किने, देउवालाई बधाई पनि नदिने ?


७ श्रावण २०७८, बिहीबार
ramesh jang rayamajhi 1625477515

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेश प्राप्त भएको बताएका छन् । आज (बिहीबार) को राष्ट्रियसभाको बैठकमा बोल्दै रायमाझीले यस्तो दाबी गरेका हुन् ।

‘सर्वोच्च अदालतको परमादेश पनि जनादेश नै हो । कुनै बेला दुई तिहाइ बहुमत रहेका केपी ओलीसँग अब जनादेश छ भन्ने आधार छैन’, उनले भने, ‘सर्वोच्च अदालतको परमाशेद पनि जनादेश नै हो । १४६ ले हस्ताक्षर गरेका थिए, प्रधानमन्त्रीले विश्वासको मत लिँदा १६५ सांसद पक्षमा उभिए । यो त झन् बलियो जनमत हो ।’

उनले यो सरकारलाई सर्वोच्च अदालतले नबनाई दिएको बताउँदै श्रीमान् ५ भनेर एमाले प्रवक्ता प्रदीप ज्ञवालीले गरेको टिप्पणीको प्रतिवाद गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ खुवाउँदा राष्ट्रपति मस्किएको आरोप पनि लगाए ।

‘ओलीलाई सपथ गराउँदा मस्किदै गर्ने, हाँस्दै गर्ने, गिजिँदै गर्ने’, उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कटाक्ष गर्दै भने, ‘तर प्रधानमन्त्री शेरबहादुर देउवालाई चाहिँ बधाई पनि नदिने ?’ आफू पनि उपस्थित सपथ कार्यक्रममा राष्ट्रपतिले आफ्नो मर्यादा भुलेको उनले आरोप लगाएका छन् ।

‘सपथग्रहण कार्यक्रममा आफै पनि उपस्थित थिएँ । त्यो हलमा सञ्चारमाध्यम पनि थियो । तर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्दा संविधानको धारा छाडिएको थियो’, उनले भने, ‘आफू अनुकूल हुँदा सबै सहज गर्ने तर आफ्नो प्रतिकूल प्रधानन्त्री हुँदा राष्ट्रपति पनि असहयोगमा उत्रिनु पटक्कै राजनीतिक संस्कार होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७