इण्डोनेसियामा आँधीका कारण १८ डुङ्गा दुर्घटना : २४ को मृत्यु, ३१ जना घाइते


७ श्रावण २०७८, बिहीबार
dunga

काठमाडौं, ७ साउन । इण्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।

उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको बताइएको छ ।

खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन् । इण्डोनेसियामा सामुद्रीक आँधी बेला बेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७