कार्यकारिणी समितिको सनाखतबाट जसपा विवाद टुङ्ग्याउँदै निर्वाचन आयोग


७ श्रावण २०७८, बिहीबार
Upendra mahantha

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई साउन ११ गते आयोगमा डाकेको छ ।

जसपाको विवादमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वमा रहेको इजलासले दल दर्ताको वखतका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन आदेश दिएको हो । ‘साउन ११ गते दल दर्ता हुँदाका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई नागरिकताको सक्कल कपी, मतदाता परिचयपत्रको सक्कल कपी लिएर को–कता भनेर सनाखत गराउन आदेश भएको छ’, आयोग स्रोतले भन्यो ।

जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् । अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ । आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पछि विस्तार गरेको समितिका पदाधिकारीलाई भने मान्यता दिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७