एमाले एकताका लागि तेस्रो पुस्ताका नेताहरुले शुरु गरे अभियान


७ श्रावण २०७८, बिहीबार
Krishna Dahal and Yagya Sunuwar

काठमाडौं, ७ साउन । विभाजनको विन्दूमा पुगेको नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पार्टी एकता अभियान शुरु गरेका छन् ।
अध्यक्ष केपी ओली र माधव नेपाल समूहका सांसदहरु बिहीबार दिउँसो सिंहदरबारमा बैठक गरी एकता दबाब अभियान शुरु गरेका हुन् ।

अभियानमा ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलपी साँवा, शान्ति पाख्रिनलगायत छन् भने नेपाल समूहका यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, पवित्रा खरेल, नारायण खड्कालगायत छन् ।

नेताहरुका अनुसार उनीहरुले पार्टी विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब स्वरुप यो अभियान शुरु गरेका हुन् । निकट भविष्यमा यस अभियानलाई सशक्त बनाउने नेता यज्ञराज सुनुवारले बताएका छन् । साथै एकताका लागि अब सांसदहरुको हस्ताक्षर संकलन समेत गर्ने उनीहरुको योजना रहेको नेता सुनुवारले बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै (बिहीबार) प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई ‘आममाफी’ दिएको घोषणा गर्दै अब पुराना विवाद विर्सेर पार्टी एकतामा फर्किन आग्रह गरेका छन् । केहि दिनदेखि शुरु भई आज सकिएको एमाले वैठकले एकतालाई निरन्तरता दिंदै सच्चिएर आए पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७