कार्यविधि मिच्दै ओलीले पनि लिए थप सुरक्षाकर्मी


८ श्रावण २०७८, शुक्रबार
kp oli 3

काठमाडौं, ८ साउन । आफै प्रधानमन्त्री हुँदा बनाएको कार्यविधि मिचेर केपी शर्मा ओलीले थप सुरक्षाकर्मी लिएका छन् । मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित ओलीले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिएका हुन् ।

ओलीले प्रधानमन्त्रीबाट हटेलगतै बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरीक्षक माधव केसीलाई पनि साथमै लगेका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगतै गृह मन्त्रालयले पटके निर्णयमार्फत पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्व पदाधिकारीहरुको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।

पूर्व प्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरीक्षक बाहेक अरु पूर्व पदाधिकारीको सुरक्षामा प्रहरी नायब निरिक्षक (सइ) भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् । ओली नेतृत्वको सरकारको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ लागू गर्दै पूर्व प्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरुको सुरक्षामा कटौती गरेको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७