सूर्यविनायकमा मध्यराति टिपरले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय युवकको गयो ज्यान


८ श्रावण २०७८, शुक्रबार
accident in river

भक्तपुर, ८ साउन । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एक युवकको ज्यान गएको छ । बिहीबार राति १ बजे सूर्यविनायक नगरपालिका– ८ आदर्शचोकस्थित अरनिको राजमार्गमा प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करबाट प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर चालक सूर्यविनायक ६ सिपाडोल निवासी २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको स्कुटर एक्कासी आएर टिपरमा ठोक्किएको परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई परिसरका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी पुर्‍याएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २९ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७