टेकुमा कोभिड–१९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती


८ श्रावण २०७८, शुक्रबार
teku hospital 13

काठमाडौं, ८ साउन । सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राती १० बजे साउदीको उडान छ । उठानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ । यो काम लागि उनी दुई दिनअघि नै सीतहरीबाट काठमाडौं आएका हुन् ।

सदा बिहीबार दिभरि राजधानीका तीन वटा खोप केन्द्रमा पालैसँग लाइन बसे तर सबै ठाउँमा खोप लगाउन पाएनन् । कारण उनको साथी अवस्थी सदासहित तीन जना शुक्रराज सरुवा अस्पतालमा पुगे । टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो । उनीहरु तीनै जना यो अस्पतालमा दिउँसो भेटिएका थिए ।

खोप नपाएपछि उनीहरु दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटलमार्फत फर्किने तयारीमा थिए । ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोली विहान ७ बजे आउनु भनेका छन्,’ उनले भने ।

तर उनीहरु तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन ! खोप पाइहाले पनि भोलि नै हजारौंको लामो लाइन छिचालेर खोप प्रमाणीकरण पत्र पाइएकाला किन नपाइएला रु मनमा दोधार बोकेर फर्किन लागेको बताए । ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७