चीनमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३३ पुग्यो


८ श्रावण २०७८, शुक्रबार
china 1

काठमाडौं, ८ साउन । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बाढीका कारण पहिरोमा परेर कयौं संरचनाहरु क्षतिग्रस्त भएका छन् । रेलवे सेवा तथा अन्य यातायातका संरचना पनि बाढीका कारण प्रभावित भएका छन् । यस्तै भूमिगत रेलवे सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । गत सातको अन्त्यदेखि जारी मुसलधारे वर्षाले हेनान प्रान्तका हजारौं नागरक विस्थापित भएका छन् ।

बाढीका कारण अर्बौको क्षति भएको अधिकारीहरुले जनाएका छन् । सबै भन्दा बढी जनसंख्या भएको चीनको हेनान् प्रान्तमा अत्यधिक कलकारखानाहरु पनि रहेकाले बाढीका कारण ठूलो क्षति भएको बताइएको छ ।

बाढीका कारण हेनान् प्रान्तका सबैजसो सहरको सडक सञ्जाल विच्छेद भएको छ । चीनमा हालसम्मकै ठूलो वर्षा भएको मौसमविद्हरुले बताएका छन् । यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले बाढी प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा जुट्न निर्देशन दिएका छन् । उद्धारका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । वर्षा जारी रहेकाले थप सचेत हुन प्रशासनले स्थानीयलाई आग्रह पनि गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७