द्वन्द्वमा विस्थापित ८ हजार अफगान नागरिकलाई अमेरिकाले भिसा दिने


८ श्रावण २०७८, शुक्रबार
america

काठमाडौं, ८ साउन । अमेरिकाले ८ हजार अफगान नागरिकलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । अमेरिकी संसदको तल्लो सदनले अफगानिस्तानमा आफ्ना सेनालाई सहयोग गर्ने नागरिकलाई अमेरिका प्रवेश अनुमति दिने विधेयक पारित गरेको हो ।

दुवै सदनले उक्त विधेयक पारित गरेसँगै अमेरिकाका लागि काम गरिरहेका र युद्धका कारण विस्थापित भएका नागरिकले अमेरिकामा बसोबासको अनुमति पाउने भएका छन् ।

संसदको तल्लो सदनमा भएको मतदानमा ४०७ जना सांसदले सो विधेयकको पक्षमा मतदान गरेका थिए । अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा आफ्ना सेना राखेको थियो । सो समयमा अमेरिकी सेनाले तालिवानी विद्रोहीविरुद्धको कारवाहीलाई तीव्र बनाएको थियो ।

सन् २००१ मा अमेरिकाले अलकायदाका नेता ओसामा विन लादेनको हत्या गरेसँगै अफगानिस्तानमा सेना पठाएको थियो । अमेरिकाले आगामी डिसेम्बरदेखि सो भिसा वितरण गर्ने जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७