चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


८ श्रावण २०७८, शुक्रबार
raining

काठमाडौं, ८ साउन । अहिले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावका कारण आज (शुक्रबार) विहान देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश–१, लुम्बिनी तथा वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७