कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात


८ श्रावण २०७८, शुक्रबार
nepali congress mx3xCT37Q5 1

काठमाडौं, ८ साउन । मिति तय भइसकेको कांग्रेसको १४ औं महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराई दिएको छ । लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ ।

नेवि संघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन् । जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रममा अग्रणी भूमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत सात वर्षसम्म एउटै रह्यो–नेवि संघ क्याम्पस एकाइ सचिव । उनी भन्छन्, ‘नेवि संघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोच भए पनि सात वर्षसम्म मेरो योजना सफल भएन ।’

स्वाभाविकै रूपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशनतिर तानिएको छ । वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन् । तर उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत सोंच हो, अग्रजको सल्लाह बमोजिम अगाडि बढ्ने छु, तर मेरा समकालीन साथीहरूले पार्टीको उपल्लो राजनीतिको तयारी गरिरहँदा म पनि त्यसप्रति इच्छुक हुनु स्वाभाविकै हो ।’

कुलराजले भने जस्तै प्रत्येक २÷२ वर्षसम्म हुन नसकेको नेवि संघको अधिवेशन जिल्लामा सात वर्ष पुग्नै लाग्दा पनि हुन सकेन । नेवि संघका नेताहरूका अनुसार नेवि संघको जिल्ला अधिवेशन नभएको आगामी असोजमा ७ बर्ष पुग्छ ।

यो अवधिमा एकाइ वा जिल्ला सदस्य बनेर नेवि संघको राजनीतिमा भित्रिएका युवाहरू त्यही पदमै सीमित बन्न पुगे । जिल्ला अधिवेशन नहुँदा नेवि संघको उपल्लो पदमा पुग्न चाहने युवाहरूलाई पार्टी राजनीतिका लागि सक्षम महशुस गराई दिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७