लामो दूरीका गाडी सञ्चालनको तयारी


८ श्रावण २०७८, शुक्रबार
bus

काठमाडौं, ८ साउन । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा सहजीकरण गर्ने भएको छ ।

लोकसेवा आयोग, विश्वविद्यालय तथा कक्षा १२ को समेत परीक्षाको तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनलाई ध्यान दिँदै गाडी सञ्चालनमा सहजीकरण गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । यसका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे आज टुङ्गो लगाउने तयारी छ । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे निर्णय भएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७