प्रचण्डदेखि विप्लवसम्मका सात कम्युनिष्ट नेता आज एउटै मञ्चमा, ओलीलाई छैन निम्तो


८ श्रावण २०७८, शुक्रबार
prachanda madhav biplaw

काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सम्मका कम्युनिष्ट पार्टीका शीर्ष सात नेताले आज (शुक्रबार) एकै मञ्चबाट सम्बोधन गर्दैछन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने निम्तो गरिएको छैन । पुष्पलाल स्मृति दिवसका उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले आज दिउँसो काठमाडौंमा आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा ओली बाहेक कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई वक्ताका रूपमा बोलाइएको हो ।

puspalal

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजे कार्यक्रम शुरु हुने जनाइएको छ । त्यस क्रममा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रम राखिने भएको हो ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा महासचिव ‘विप्लव’ ले प्रवचन दिने छन् । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेता अष्टलक्ष्मी शाक्यले पनि प्रवचन दिनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७