कलङ्कीबाट सात जुवाडे पक्राउ


८ श्रावण २०७८, शुक्रबार
Juwa Tas Khal 1536x900 1

काठमाडौं, ८ साउन । काठमाडौं कलङ्कीबाट ७१ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित चन्द्रागिरी नगरपालिका–८ बस्ने ५० वर्षीय रविन बिडारीको ल–फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७