पौडी खेल्न खोलामा पसेका युवक बेपत्ता


८ श्रावण २०७८, शुक्रबार
Dubera bepatta
सांकेतिक तस्विर

नवलपरासी, ८ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैंसीखोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् ।

छिमेकीको मलामी गएर फर्किदै गर्दा स्थानीय भैंसीखोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७