गण्डकीमा ६ मन्त्रीले लिए शपथ

मन्त्रीबाट नाम काटिएका दोबाटे भन्छन्, ‘पार्टीभित्र अपराध भयो’


८ श्रावण २०७८, शुक्रबार
Pokhara Saphat1627028745

पोखरा, ८ साउन । गण्डकी प्रदेशका नव नियुक्त ६ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । कांग्रेस र माओवादीका तीन/तीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् । माओवादीबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिएका छन् ।
मन्त्रीबाट नाम काटिएका दोबाटे भन्छन्, ‘पार्टीभित्र अपराध भयो’
पोखरामा मन्त्रीका लागि छानिएका तनहुँका दोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएको छ भने उनको ठाउँमा विन्दुकुमार थापालाई ल्याइएको छ ।

Dobate Bishwakarma
दोबाटे विश्वकर्मा

बिहीबार कांग्रेसको बैठकमा समेत विश्वकर्माको नाम अन्तिम ५ मा राखेर छलफल चलेको थियो । पार्टीभित्र रामचन्द्र निकट मानिने विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रवक्ता कुमार खड्काले मन्त्री बनाउन चाहेका थिए । उनले बधाई पनि पाए । तर मन्त्रीको सपथ लिन पाएनन् । विन्दुकुमार थापा मन्त्री बनेका छन् ।

निष्ठाको राजनीतिमा अपराध भएको सांसद विश्वकर्माको प्रतिक्रिया छ । ‘नाम काटियो भन्ने सुनें । यो त पार्टीभित्र अपराध भयो,’ उनले भने, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु मैले के भन्न सक्छु र ?’ आफू यसबारे धेरै बोल्न नचाहेको भन्दै सांसद विश्वकर्माले भने, ‘पार्टीभित्र समावेशिताको एउटा सिद्धान्त छ । तर त्यही सिद्धान्त पनि अपमान गरियो । अरु कुरा बोलिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७