राष्ट्रपति र ओलीबीच दुई घण्टा छलफल


८ श्रावण २०७८, शुक्रबार
kp oli bidhya

काठमाडौं, ८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज करिब दुई घण्टा संवाद भएको स्रोतले जनाएको छ ।

भेटमा के विषयमा छलफल भयो भन्ने बाहिरिएको छैन । समसामयिक विषयमा छलफल भएको बताइएको छ । एमालेभित्रको विवादकाबीच ओलीले हिजो मात्र पार्टी एकताका लागि आममाफी दिने घोषणा गरेका थिए । त्यस्तै अहिले प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा ओली अनुपस्थित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७