‘सगरमाथाको चुचुरो पुगेको कम्युनिष्ट आन्दोलन एउटा नेताको अहंकारले धरासयी बन्यो’ {भिडियाे}


८ श्रावण २०७८, शुक्रबार
asthalaxmi sakya

काठमाडौं, ८ साउन। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एउटा नेताको अहंकारले धरासयी सगरमाथाको चुचुरो पुगेको कम्युनिष्ट आन्दोलन धरासयी भएको बताएकी छिन् ।
४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले सगरमाथाको चुचुरोमा पुगेको कम्युनिष्ट आन्दोलन गर्लाम्गुर्लुम एकैचोटी माथिबाट तल बताएका हुन् ।

उनले यसको गम्भीर ढंगले समीक्षा हुनु आवश्यक रहेको समेत बताएकी छिन् । उनले भनिन,‘ ‘सगरमाथाको चुचुरो पुगेको कम्युनिष्ट आन्दोलन आज गर्लाम्गुर्लुम एकैचोटी माथिबाट तल झर्‍यो । कम्युनिष्ट आन्दोलन धरासायी किन हुन पुग्यो ? यसको गम्भीर ढंगले समीक्षा हुनु आवश्यक छ ।’

यस्तै उनले कम्युनिष्ट आन्दोलन भित्र बेलाबेलामा देखिने दक्षिणपन्थी सोच, व्यक्तिवादी सोच, अवसरवादी सोच, गुटवादी सोच, विचारलाई तिलाञ्जली दिने सर्वसत्तावादी सोचले गर्दा कम्युनिष्ट पार्टी संकटमा परेको बताइन् ।

एउटा नेताको अहम्ताका कारण यत्रो उपलब्धीलाई झन्डै गुमाउनु परेको भन्दै नेतृ शाक्यले भनिन्, ‘अहिले व्यवस्था जोगिएको छ । संविधान जोगिएको छ । यो महत्वपूर्ण उपलब्धी जोगाउन सकेका छौं । तर यत्तिले मात्रै पुग्दैन । यो व्यवस्थालाई जनमुखी, सेवामुखी बनाउनका लागि अब कसरी अगाडि बढ्ने भन्ने कुरा महत्व राख्दछ ।’

छलफलको विषय बनोस् भनेर आफूले यो कुरा उठाएको भन्दै उनले पार्टीलाई एकतावद्ध गरेर अगाडि बढ्नुको विकल्प नभएको बताइन् ।

यस्तै उनले पार्टीका युवा पुस्तालाई बाँदर बनाएर सडकमा उतार्दैमा कम्युनिस्ट आन्दोलन उचाइमा नपुग्ने टिप्पणी गरेकी छन् । यो घटना नेतृत्वको गलत सोचाइ, व्यवहार र संस्कारको उपज भएको उनले बताइन् ।
उनले भनिन्,‘‘कस्तो संस्कार हामीले हुर्कायौं । एउटा कम्युनिस्ट पार्टीको निर्णय र नेतृत्वबाट आएका युवाहरु देशका लागि केही गर्न चाहन्थे । अध्ययनशील, सिर्जनात्मक थिए । तर, बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ?’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि माधव नेपाल समुहको २२ जना सांसदको विरुद्धमा एमाले अध्यक्ष ओली समूहले युवाहरुलाई बाँदरको रुपमा सकडमा उतारेका थिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७