ओलीप्रति चित्रबहादुरको कटाक्ष : तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नु पर्‍यो

‘संविधान बनाउने हुनुहुन्थेन ? हारेपछि जे पनि भन्ने ?’


८ श्रावण २०७८, शुक्रबार
chitra bahadur kc
फाइल फोटो

काठमाडौं, ८ साउन । राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले पाँच पार्टीको कार्यगत एकताका कारण प्रतिगमनले घुँडा टेकेको बताएका छन् । आज (शुक्रबार) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले सर्वोच्चको फैसलाले संविधान जोगिएको बताए ।

अध्यक्ष चित्रबहादुर केसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । जनताले मत दिएर पठाए पनि ओली सरकारले राम्रो काम गर्न नसकेको उनले बताए । ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्षमा जानुपरेको र अदालतको फैसलाले संविधानको रक्षा गरेको उनले बताए ।

‘हामीले समर्थन गरेका हौं । तर तिघ्रामा पिप जम्मा भएमा निचोरेर फाल्नु पर्छ । एमालेभित्रैका साथीहरुले संघर्ष गर्नुभयो । धर्म निरपेक्षता, गणतन्त्र लगायत उपलब्धिहरुलाई बचाउने काम भयोे । संसद् कम्तिमा १८ महिना बच्ने भयो,’केसीले न्यायपालिकाबाट प्रधानमन्त्री नियुक्ति गर्ने कहाँको व्यवस्था भन्दै व्याख्या गर्न थालिएको बताएका छन् । उनले नेकपा एमालेका नेताहरुलाई लक्षित गर्दै संविधान बनाउने बेला त्यहाँ हुनुन्थेन भन्दै प्रश्न पनि गरेका छन् ।

‘अहिले व्याख्या न्यायपालिकाबाट प्रधानमन्त्री जन्माउने कहाँको व्यवस्था हो यो ? संविधान बनाउने बेला त्यहाँ हुनुन्थेन उहाँ ? हारेपछि जे पनि भन्ने ? न्यायाधीशले मनगढन्ते फैसाला गरेका हो ? होइनन्’, उनले भने । उनले अदालतले न्यायपूर्ण फैसला गरेको बताए । उनले राष्ट्रप्रमुख र सरकारका प्रमुखको गैरजिम्मेवारी कामले दुई पटक संसद् विघटन भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७