अष्टलक्ष्मी शाक्यको प्रश्न : युवाहरुलाई बाँदर बनाएर कस्तो सँस्कृति दिन खोजेको ?


८ श्रावण २०७८, शुक्रबार

काठमाडौं, ८ साउन । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी श्रेष्ठले सिर्जनशील युवाहरुलाई किन बाँदर बनाएर सडकमा पठाएको भन्दै प्रश्न गरेकी छिन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास हुँदै गइरहेको बताइन् ।

‘कस्तो संस्कार हामीले हुर्कायौं । एउटा कम्युनिस्ट पार्टीको निर्णय र नेतृत्वबाट आएका युवाहरु देशका लागि केही गर्न चाहन्थे । अध्ययनशील, सिर्जनात्मक थिए । तर, बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ?’, उनको प्रश्न थियो ।

उनले २ तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टी आज कसरी र कहाँ पुग्यो समीक्षा गर्नुपर्ने बताइन् । उनले नेपालमा बलियो कम्युनिष्ट पार्टीको अझै आवश्यकता रहेको उल्लेख गरिन् । केही दिन अगाडि एमाले अध्यक्ष केपी ओली समर्थक भ्रातृ संगठन युवा संघले बाँदरको मुखुुण्डो लगाएर जुलुस निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७