प्रचण्ड र माधवलाई मोहन वैद्यको सुझाव : अब प्रधानमन्त्रीको लोभ त्यागेर जनताको काम गर्नुस्


८ श्रावण २०७८, शुक्रबार
mohan baidhya

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी मोओवादी) का अध्यक्ष मोहन वैद्यले संसद् र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गरेका छन् ।

४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन् । अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको काममा लाग्न पनि सुझाव दिए ।

उनले भने, ‘सरकारमा र संसद्मा भएका कम्युनिष्टहरु एक ठाउँमा बस्नुपर्छ र सडकमा भएका कम्युनिष्टहरु पनि एक ठाउँमा उभिनु पर्छ, संसद् र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानु भएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौं ।’

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताएका छन् । वैद्यले ओलीको कार्यशैली इगो र पद प्रतिष्ठामै अड्किएको बताए । अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गरेका छन् । उनले संसद्वादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाएका छन् । ‘ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७