सदन र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य {भिडियो}


८ श्रावण २०७८, शुक्रबार
mohan baidha kiran

काठमाडौं, ८ साउन । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सदन र सडकमा भएका कम्युनिष्टबीच कार्यगत एकता गरेर जानुपर्ने बताएका छन् ।

शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संसदमा रहेका र सडकमा रहेका कम्युनिष्टहरूबीच कार्यगत एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले कार्यगत एकतामा जोड दिँदै भने, ‘संसदमा जानेले एउटा काम गर्नुपर्‍यो, सडकमा भएकाले कम्युनिष्टले अर्को काम गर्नुपर्‍यो,’ उनले भने, ‘दुवै पक्षले कार्यगत एकता गर्नुपर्‍यो । संसदमा भएकाले संसदमा संघर्ष गर्नुपर्‍यो, सडकमा भएकाले आफ्नै तरिकाले गर्नुहुन्छ ।’

उनले माधव नेपाल, प्रचण्डलाई यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्न खोजेको भन्दै प्रधानमन्त्रीको लोभ छोडेर पार्टी र जनताको लागि काम गर्न आग्रह गरे । नेता वैद्यले अहिले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्य प्रणालीमा परिवर्तन नभएको बताए । हिजो परिवर्तनका लागि लडाई लडेर राजनीतिक परिवर्तन गरेपनि जनताको जीवनस्तरमा परिवर्तनका लागि कुनै काम नभएको उल्लेख गरे ।

अध्यक्ष वैद्यले कम्युनिष्ट पार्टीमा ३ धारा रहेको बताउँदै एउटा दक्षिणपन्थी धारा, एउटा मध्यमार्गी धारा र अर्को क्रान्तिकारी धारा रहेको उल्लेख गरे । कम्युनिष्ट पार्टी विभाजनको २ वटा मूल कारण हुने उनले बताए । उनले पहिलो कारणमा सैद्धान्तिक विचारधारा रहेको र कुन अन्तर्राष्ट्रिय नेतालाई मान्ने भन्नेमा विवाद रहेको बताए । अर्को विवादका रुपमा क्रान्तिको बाटोमा कसरी जाने भन्ने रहेको उनको भनाई छ । संसदीय बाटोबाट जाने कि क्रान्तिकारी बाटोबाट जाने भन्नेमा पनि कम्युनिष्ट पार्टीमा समस्या रहेको उल्लेख गरे ।

हिजो माले र मसाल एकता हुन नसक्नुको कारण सैद्धान्तिक राजनीतिक कारण रहेको बताए । पार्टी फुट्नुको अर्को कारण नेताहरुमा रहेको अहम रहेको उल्लेख गरे । यसका लागि एमाले अध्यक्ष ओलीलाई हेरे पुग्ने वैद्यको भनाई छ । उनले प्रचण्ड, ओली र माधव नेपालको पार्टीबीच सैद्धान्तिक रुपमा केही पनि फरक नरहेको समेत उल्लेख गरे ।

तर पद्धति भने फरक रहेको बताउँदै ओलीमा स्वेच्छाचारी प्रवृत्ति रहेको तर सैद्धान्तिक रुपमा केही फरक नरहेको बताए । उनले प्रचण्ड उदार स्वभावको रहेको बताउदै ओलीमा दुनियाँमा म भन्दा ठूलो कोही नरहेको भन्ने दम्भ इगो रहेको उल्लेख गरे । यिनै कारणले पार्टी फुट्न खोजेको देखिएको वैद्यको भनाई छ । उनले संसद र सरकारमा रहेका कम्युनिष्ट पार्टीलाई एकता गर्न आग्रह गर्दै सडकमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई दमन नगर्न आग्रह गरे

उनले पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद त्यागेर सडकमा आउन सुझाव दिए । उनले भने, ‘त्यही संसदीय बाटो रोजेर कतिपटक प्रधानमन्त्री बन्नुहुन्छ ? कोर्ष परिवर्तन गर्नुहोस् । संसद छोड्नुहोस्, जनताको पक्षमा काम गर्न सडकमा आउनुहोस ।’

वैद्यले के जनयुद्ध यही संसदीय व्यवस्थाका लागि भएको हो ? भन्दै प्रश्न समेत गरे । अहिले शासन व्यवस्थामा परिवर्तन आए पनि राज्यवस्थामा भने परिवर्तन नआएको विश्लेषण गरे ।

भिडियाे

https://youtu.be/cFptuQxBTXo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७