ग्लोबल आइएमई बैंकका कर्मचारीले ७ दिन अनिवार्य आन्तरिक पर्यटकिय स्थलको भ्रमण गर्नुपर्ने


८ श्रावण २०७८, शुक्रबार
35 Shares
GIBL bAu022gZQC

काठमाडौं, ८ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । यस्तो परिस्थितिमा थोरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र त्यसलाई सहयोग गर्न यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७