२०७८ साउन ९ गते शनिबारको तपाईको राशिफल


प्रकाशित मिति : July 24, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मिक सन्तुष्टि मिल्ने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । तीर्थाटनको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अकस्मात् धन सम्पती हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कार्यको योजना बन्ने छ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनः प्रारम्भ हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्