कारबाहीमा १८ तालिवान मारिएपछि हेरात प्रान्त पुनः सरकारको नियन्त्रणमा


९ श्रावण २०७८, शनिबार
taliwan MWV55IMFvJ

काठमाडौं, ९ साउन । अफगानिस्तानको सरकारी सेनाले पश्चिमी हेरात प्रान्तको कारुख जिल्लालाई पुनः आफ्नो कब्जामा लिएको छ । प्रान्तीय सरकारले विज्ञप्ति जारी गरेर तालिवान लडाकुबाट हरात प्राप्त पुनः सरकारी नियन्त्रणमा आएको जानकारी दिएको हो ।

तालिवानविरुद्धको आक्रमण शुक्रवार सबेरै शुरू गरिएको थियो । अफगानी सुरक्षाबलले केही घण्टाभित्र आक्रमणकारी समूहलाई त्यहाँबाट धपाउन सफल भएको हो । सरकारले पुनः कब्जा गर्ने क्रममा भएको सुरक्षा कारबाहीमा १८ तालिवान लडाकू मारिनुको साथै अन्य २० जना घाइते भएका विज्ञप्तिमा उल्लेख छ । उक्त क्षेत्रमा विद्रोहीविरूद्धको कारबाही जारी रहने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

गत एक महिना यता हेरात प्रान्तमा एक दर्जन भन्दा बढी जिल्ला ओगटेका अफगान तालिवान समूहले कारुख जिल्लाको अवस्थाबारे अझै टिप्पणी गरिसकेको छैन । अफगानिस्तानबाट अमेरिकी सेनाको नेतृत्वमा रहेका सेना फिर्ता सुरु भएदेखि नै तालिबानी समूहले कतिपय ठाउँमा आफ्नो पकड बढाउदै लगेका छन् ।

तालिवानले ओगटेका सबै जिल्ला फिर्ता गर्न सरकारी सेनाले चाँडै नै कारबाही शुरु गर्ने अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७